उर्लाबारी । उर्लाबारी नगरपालिका–६ ले वडाका पशुपालक कृषकहरूलाई निःशुल्क चाप कट्हर (कुटी काट्टने मेसिन) वितरण गरेको छ ।

बुधबार वडाध्यक्ष चिन्तामणी पौडेलले पशुपालन गरी जिवीकोपार्जन गर्दै आएका कृषक समुह र व्यवसायीलाई १ लाख ५० हजार मूल्य बराबरको ५ थान मेसिन वितरण गरेका हुन् ।

वडाका कृषकहरूलाई व्यवसायिक पशुपालन तर्फ आकर्षण गर्न औजार वितरण गरिएको वडाध्यक्ष पौडेलले बताउँदै चालू वर्ष वडाले कृषिपालन अन्तर्गत एक लाख ५० हजार विनियोजन गरेको र आगामी वर्ष बजेटमा वृद्धि गर्ने बताए ।

यस वर्ष वडाका थापा बहुउद्देश्यीय कृषि फर्म, हाम्रो कृषि फर्म, पदम रिजाल, बासुदेव तिम्सिना र गीता भण्डारीलाई जनही ३० हजार मूल्य बराबरको उक्त मेसिन निःशुल्क वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।