कालाबञ्जार । बाह्र वर्षसम्म अफ्रिकी मुलुकमा श्रम खर्चिएका इनरुवा नगरपालिका–५ बलाहाका ३६ वर्षीय होमनारायण श्रेष्ठ अब गाउँमै परिश्रम गर्ने गरी व्यवसाय सञ्चालनमा ल्याएका छन् ।

विदेशको कमाइलाई गाउँमा बबी ट्रेडर्स सप्लायर्स नामक व्यवसाय सञ्चालनमा ल्याएका हुन् । ‘विदेशमा बाह्र वर्ष दुःख गरियो, अब गाउँमै दुःख गर्ने हो,’ व्यवसाय सुरु गरेका श्रेष्ठ भन्छन्, ‘अर्काको देशमा जति नै गरे पनि आफ्नो नहुने रहेछ भन्ने महसुस भयो ।’

‘बाह्र वर्षमा खोला पनि फर्किन्छ’ भन्ने उखानलाई चरितार्थ गर्दै उनी नेपाल फर्किए । गाउँमा आएपछि भने व्यवसायमार्फत परिवार पाल्ने ध्याउन्नमा लागेका छन् । उनले अहिले मदिराको थोक तथा खुद्रा बिक्रेताको व्यवसाय थालेका छन् । इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले उनको पसल उद्घाटन गरे । घटस्थापनाको दिनबाट व्यवसाय सुरु गरेका हुन् ।