श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल कात्तिक ४ गते मङ्गलबार, २० अक्टोबर २०२० । असोज शुक्लपक्षको चतुर्थी तिथि ११ः४० बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र ज्येष्ठा २४ः०० बजेसम्म, उप्रान्त मूल, चन्द्रमाराशि वृश्चिक, सूर्योदय ६ः०६ र सूर्यास्त ५ः३० बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
प्रेम, मित्रता बलियो बन्नेछ । आफन्तको सहयोगमा नयाँ योजना बन्नेछन् । जीवनसाथीबाट ठूलो सहयोग मिल्नेछ । ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
यात्रा झन्झटिलो रहनेछ । शरीर अस्वस्थ रहनेछ । परिवारमा मनमुटाव बढ्नेछ । व्यवसायमा घाटा होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को,ह)
धर्म–कर्ममा मन लाग्नेछ । धार्मिकस्थलको यात्रा रमाइलो रहनेछ । परोपकारजन्य कार्यमा सहभागी बन्नुहुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कला तथा साहित्यको क्षेत्रमा रुचि बढ्नेछ । दाम्पत्य जीवनमा खुशीयाली छाउला । बिछोडिएका साथीसित भेटघाट होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सन्तान सुखको योग छ । सुखद् समाचार सुन्न मिल्ने योग छ । मनमा हर्ष र हौसला बढ्नेछ । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सवारी साधनको सुख मिल्नेछ । डुब्न लागेको धन हात लाग्नेछ । आफन्तबाट ठूलो सहयोग मिल्नेछ ।  

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
शरीर अस्वस्थ रहनेछ । लेनदेन व्यवहारमा घाटा हुनेछ । आफन्तले नै प्रतिष्ठामा आँच पुर्याउने प्रयास गर्नेछ  ।

वृश्चिक (नो, ना, नि, नु, ने, नो, या, यि, यु)
शरीर अस्वस्थ रहनेछ । लेनदेन व्यवहारमा घाटा हुनेछ । आफन्तले नै प्रतिष्ठामा आँच पुर्याउने प्रयास गर्नेछ  ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
जीवनसाथीका सहयोगले महत्वपूर्ण काम बन्नेछ । समाजले प्रशंसा गर्नेछ । राज्यले सम्मान गर्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पुख्र्यौली सम्पत्ति प्राप्त हुनेछ । दाजुभाइबीचको सम्बन्धमा सुधार आउनेछ । भौतिक साधनको जोहो हुनेछ  ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आयआर्जनको नया“ स्रोत मिल्नेछ । समाज र सरकारबाट सम्मान प्राप्तिको योग छ । माङ्गलिक कार्यमा सहभागी बन्नु हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
बोलीको प्रभाव बढ्नेछ । परोपकारजन्य कार्यमा लाग्नु हुनेछ । तपाईंको कार्यशैलीप्रति धेरैजना प्रभावित बन्नेछन् ।