विराटनगर / विराटनगरस्थित सेन्ट्रल बजारमा दशैं लक्षित गरि छुट अफर ल्याएको छ । बजारले दशैं तिहार तथा छठ पर्वलाई लक्षित छुट अफर सुरू गरेको हो ।

अफरमा ९ सय ९९ रुपैयाँभन्दा माथिको खरिदमा आकर्षक छुटको व्यवस्था गरेको सेन्ट्रल बजारको व्यवस्थापक गिरिश राठीले जानकारी दिए । उनका अनुसार सेन्ट्रल बजारमा ९ सय ९९ रुपैयाँभन्दा माथिको खरिदमा खाद्यबस्तुहरूमा छुट योजना ल्याएको बताए ।

बजारमा चिनी प्रतिकेजी ५९ रुपैयाँ, नुन १५ रुपैयाँ केजी रहेको छ । बावा तेला १५९ रुपैयाँ लिटर, मसुर दाल ११० प्रतिकेजी र चना ९८ केजी रहेको छ ।

गार्मेन्ट, जुत्ता, झोला र घडी किन्दा दश प्रतिशत क्यास भौचरको सुविधा रहेको उनले बताए । उनका अनुसार बच्चाका खेलौनामा पनि दश प्रतिशत छुटको अफर रहेको उनले बताए । चाड पर्वलक्षित अफर कात्तिक १ गतेदेखि मंसिर ९ गतेसम्म लागू हुने जनाएको छ ।