श्री शालिवाहनीय शाके १९४२, ने. सं. १४०, वि.सं. २०७७ साल कात्तिक ३ गते सोमबार, १९ अक्टोबर २०२० । असोज शुक्ल पक्षको तृतीया तिथि १४ः३२ बजेसम्म, उप्रान्त चतुर्थी, नक्षत्र विशाखा ०६ः२९ बजेसम्म, उप्रान्त ज्येष्ठा, चन्द्रमाराशि वृश्चिक, सूर्योदय ६ः०६ र सूर्यास्त ५ः३० बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
सुखद् समाचार सुन्न पाइएला । रोकिएका कामकाजहरू सुचारु हुनेछन् । आर्थिक पक्ष सबल बन्नेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समय उत्तम छ । सामाजिक कार्यक्रममा संलग्न भइएला । साथीभाइको सहयोगमा नयाँ कामको शुभारम्भ हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को,ह)
कला तथा साहित्यको क्षेत्रमा रुचि बढ्नेछ । दाम्पत्य जीवनमा खुशीयाली छाउला । बिछोडिएका साथीसित भेटघाट होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
राजनैतिक तथा प्रशासनिक क्षेत्रमा तपाईंको विशेष स्थान रहला । आकस्मिक यात्राको अवसर आउला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सामाजिक काममा रुचि बढ्नेछ । आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन् । रोकिएका कामकाजहरू सुचारु हुनेछन् । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
धातु तथा तत्सम्बन्धी व्यवसायमा सफलता मिल्ला । रमणीय स्थानको भ्रमण होला । प्रेमसम्बन्ध विस्तार हुनेछ ।  

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तम छ । जग्गा–जमीन तथा वाहन खरिद हुनेछ । साथीभाइ तथा महिला मित्रको सहयोगमा नयाँ कामको शुभारम्भ हुनेछ ।

वृश्चिक (नो, ना, नि, नु, ने, नो, या, यि, यु)
मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । नयाँ कार्य–व्यवसायप्रति मन जानेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कृषि तथा पशु चँैपायाको व्यापार–व्यवसायमा विशेष लाभ मिल्ला । रमणीय स्थानको भ्रमण हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
खाद्य तथा वस्त्रसम्बन्धी कार्य–व्यवसाय राम्ररी फस्टाउला । घरपरिवारमा धार्मिक कार्यक्रमको आयोजना हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय सामान्य छ । शिर तथा आँखासम्बन्धी समस्याले निकै सताउला । सानो काममा पनि ठूलै धनराशि खर्च होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अध्ययन–अध्यापनमा सफलता मिल्ला । शैक्षिक क्षेत्रको माध्यमबाट विभिन्न स्थानको भ्रमण होला ।