ब्लाष्टखबर । विराटनगरको दुई स्थानबाट अवैध रुपमा भन्सार छलिगरी भारतबाट नजेपाल लइएको कपडा तथा दाल प्रहरीले बरामद गरेको छ ।
महानगरको १७ नम्बर वडा स्थित मटेरुवाबाट अबैधरुपमा राखीएको १८ वोरामा रहको ४५० किलो दाल बरमत गरको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।

मटेरुवा स्थित चुुलिया देबी साहको घर छेउको सडकमा अवैधरुप मटरको दाल राखिएका भन्ने गोप्य सुचनाका आधारमा कार्यालयबाट खएिको प्रहरी टोलीले शनिबार ३१ हजार ५ सय बराबरको दाल बरामत गरेको उक्त कार्यालयले जानकारी गराएकाे छ ।

1 (3) 1

त्यस्तै, विराटनगर ८ स्थित जय नेपाल चोकबाट को २ ह ७६७१ नम्बरको अटो टेम्पोमा राखी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ६ सय ३३ पिस कुर्ता, बच्चाको पेन्ट र बच्चाको जामा तथा १६५ सेट कुर्ता सुरूवाल सहित चालक महानगरपालिका १६ दरैयाका बर्ष २६ को दिपक दासलाइ नियन्त्रणमा लिएकाे कार्यालयले जनाएकाे छ । 

1 (1) 1

बरामद गरिएकाे सामन तथा नियन्त्रण गरिएकाे चालकलाई आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानीमा बुझाउने कार्य भई रहेको कार्यालयले जनाएकाे छ ।