श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल कात्तिक २ गते आइतबार, १८ अक्टोबर २०२० । असोज शुक्ल पक्षको द्वितीया तिथि १७ः५२ बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र स्वाती ०९ः१३ बजेसम्म, उप्रान्त विशाखा, चन्द्रमाराशि तुला, सूर्योदय ६ः०५ र सूर्यास्त ५ः३१ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय राम्रो छ । जग्गा–जमिन तथा वाहन खरिद होला । रोकिएका कामकाजहरू सुचारु हुनेछन् ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइहरूसित रमाइलो भेटघाट हुनेछ  ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को,ह)
सुन–चाँदी तथा तत्जन्य कार्य–व्यवसाय राम्ररी फस्टाउला । आफन्तको सहयोग प्राप्त भइरहनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
जग्गा–जमिन तथा भवनसम्बन्धी महत्वपूर्ण कामको शुभारम्भ हुनेछ । महिला मित्रको सहयोग प्राप्त भइरहला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
धातु तथा तत्सम्बन्धी व्यवसायमा सफलता मिल्ला । रमणीय स्थानको भ्रमण होला । प्रेमसम्बन्ध विस्तार हुनेछ । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अध्ययन–अध्यापनमा सफलता मिल्ला । जागिरमा बढुवा होला । बिछोडिएका साथीभाइसित भेटघाट हुनेछ ।  

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
खाद्य तथा वस्त्रसम्बन्धी कार्य–व्यवसाय राम्ररी फस्टाउला । घरपरिवारमा धार्मिक कार्यक्रमको आयोजना हुनेछ ।

वृश्चिक (नो, ना, नि, नु, ने, नो, या, यि, यु)
पठन–पाठन तथा लेखन कार्यमा मन जानेछ । नयाँ कामको शुभारम्भ हुनेछ । वैदेशिक यात्राको अवसर आउला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य तथा प्रतिष्ठित व्यक्तिहरूसित रमाइलो भेटघाट हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कला तथा साहित्यिक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य तथा प्रतिष्ठित व्यक्तिहरूसित रमाइलो भेटघाट हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कृषि तथा पशुचौपायाको व्यापार–व्यवसायमा सफलता मिल्ला । नयाँ कामको शुभारम्भ हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अध्ययन–अध्यापनमा सफलता मिल्ला । नया“ कामको शुभाम्भ हुनेछ । रमाइलो यात्रामा सरिक भइएला ।