विजयपुर । धरान–४ स्थित सेभेन लेभेन होटलका सञ्चालक भवानी दाहालले धरान–१५ का प्यारालाइसिसका बिरामी पुन्य प्याकुरेललाई १५ हजार बराबरको टेलिभिजन सेट सहयोग गरेका छन् ।

प्याकुरेलकै इच्छा अनुसार टेलिभिजन दिएको युवा संघ धरान सदस्य समेत रहेका दाहालले बताएका छन् । प्याकुरेल ६ वर्ष अगाडी दुर्घट्नामा परी प्यारालाइसिस भएपछि ओछ्यान परेका छन् ।

उनले नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय सदस्य लक्ष्मी बानियाको संयोजकत्व तथा नेपाल कम्युनिष्ट पार्टी धरान अध्यक्ष नारायण सुवेदी र सचिवालय सदस्य राजमणी निरौलाको उपस्थितिमा हस्तान्तरण गरेका हुन् । प्याकुरेल धरान–१५ स्थित महादेवचौक बस्दै आएका छन् । व्यवसायी दाहालले गत वर्षपनि आवश्यक खाद्यान्न सामग्री सहयोग गरेको बताए ।