पथरी । मोरङको कानेपोखरी गाउँपालिकाले वडा नं. ६ मा रहेको रमाइलो प्रहरी चौकीलाई प्रहरी भेन हस्तान्तरण गरेको छ ।
शुक्रबार गाउँपालिकामा एक कार्यक्रमको आयोजना गरी रमाइलो प्रहरी चौकीका असई लाक्पा शेर्पालाई गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफे्लेले चाबी हस्तान्तरण गरेको हो ।

प्रदेश १ सरकारले गाउँपालिकालाई असोज २९ गते बारुण यन्त्र र प्रहरी भेन दिएका थिए । कार्यक्रमा अध्यक्ष काफ्लेले प्रहरी भेनको इन्धन र मर्मत खर्च सबै गाउँपालिकाले गर्ने बताउँर्दै भेनको दुरुपयोग नगरी काम गरिदिन प्रहरीलाई आग्रह गरेका थिए । उनले प्रहरी भेन भएपछि गाउँमा हुने गरेको लागुऔषध सेवन, कारोवार र अपराध न्यूनिकारणमा अलिक सहज हुने बताए ।

प्रहरीलाई प्रदेश १–२, ००१ झ ०७२४ नम्बरको ५७ लाख ११ हजार ५ सय पर्ने टाटा कम्पनीको प्रहरी भेनको चाबी र ब्लीबुक दिएका थिए । प्रहरी चौकीमा अहिले १ जना असई, २ जना हवल्दार र ५ जना प्रहरी जवान रहेको छ ।

प्रहरी भेन हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्ले, प्रमुख प्रशासकिय अधिकृत गायत्र श्रेष्ठ, नेकपाका प्रतिनिधि अम्बिका अर्याल र दानबहादुर बस्नेत, नेकाका प्रतिनिधि सन्तोष फुयल, वडाध्यक्षहरु खड्ग बस्नेत, चरण गुरुङ र धनबहादुर राई लगाएत उपस्थित रहेका थिए ।