श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल असोज ३० गते शुक्रबार, १६ अक्टोबर २०२० । अधिक आश्विन कृष्णपक्षको औंसी तिथि ०१ः२३ बजेसम्म, उप्रान्त आश्विन शुक्ल प्रतिपदा, नक्षत्र हस्ता १५ः१६ बजेसम्म, उप्रान्त चित्रा, चन्द्रमाराशि कन्या, सूर्योदय ६ः०४ र सूर्यास्त ५ः३३ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइहरूसित रमाइलो भेटघाट हुनेछ  ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पठन–पाठनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । रमणीय स्थानको भ्रमण हुने योग छ । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को,ह)
जग्गा–जमिन तथा भवनसम्बन्धी महत्वपूर्ण कामको शुभारम्भ हुनेछ । महिला मित्रको सहयोग प्राप्त भइरहला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
धातु तथा तत्सम्बन्धी व्यवसायमा सफलता मिल्ला । रमणीय स्थानको भ्रमण होला । प्रेमसम्बन्ध विस्तार हुनेछ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अध्ययन–अध्यापनमा सफलता मिल्ला । जागिरमा बढुवा होला । बिछोडिएका साथीभाइसित भेटघाट हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्य छ । शिर तथा आँखासम्बन्धी समस्याले निकै सताउला । सानो कामको लागि ठूलै धनराशि खर्च होला ।  

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कृषि तथा पशुचौपायाको व्यापार–व्यवसायमा सफलता मिल्ला । मातृपक्षको सहयोगमा नयाँ कार्यको शुभारम्भ हुनेछ ।

वृश्चिक (नो, ना, नि, नु, ने, नो, या, यि, यु)
मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य तथा प्रतिष्ठित व्यक्तिहरूसित रमाइलो भेटघाट हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समय राम्रो छ । सुन–चाँदी तथा तत्जन्य व्यवसाय राम्ररी फस्टाउला । वैदेशिक यात्राको अवसर मिल्ला । मन प्रसन्न बन्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कृषि तथा पशुचौपायाको व्यापार–व्यवसायमा सफलता मिल्ला । नयाँ कामको शुभारम्भ हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अध्ययन–अध्यापनमा सफलता मिल्ला । नयाँ कामको शुभाम्भ हुनेछ । रमाइलो यात्रामा सरिक भइएला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय सामान्य छ । कार्य–व्यवसायमा खासै मन नजाला । आफ्नो भन्दा अरूका काममा बढी समय दिनु पर्नेछ ।