पथरी / मोरङको पथरीशनिश्चरे– ४, स्थित बालकल्याण आधारभूत स्कुल छेउकी क्यान्सर पीडित १७ बर्षिय भद्रकुमारी(सर्मिला) बस्नेत बचाउन सहयोगको अपिल गरेका छन् ।

मंगलबार क्यान्सर पीडितका बस्नेत परिवारले घरमै पत्रकार सम्मेलन गरी देश, विदेशमा रहेका सम्पूर्णले थोरै भएपछि आर्थिक सहयोग गरिदिन अपिल गरेको हो । १७ बर्षिय भद्रकुमारी(सर्मिला)को मलदुवारमा ४ महिना अघिदेखि क्यान्सर भएको छ । क्यान्सर पीडित भद्रकुमारी(सर्मिला) ८ महिना अघि देखि विरामी भएकि थिइन ।

विरामी भएपछि सुरुमा आरयुवेदी पसलमा लगियो । आरयुवेदी पसलले पायल्स भनिदिएर ढेड महिना दवाई ख्वाईयो त्यस पछि दिसा बन्द भयो । दिशा बन्द भएपछि विराटनगरको संजीवन हस्पिटलमा लगेर उपचार गरे । संजीवन हस्पिटलमा भिडियो एक्सरे, एमआरआई गरेपछि रोग पत्ता लाग्यो । रोग पत्ता लागे पछि हस्पिटलले धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान(घोपा) रेफर गरिदियो ।

121437417_371830673946859_4873365279797572858_n

विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपाले क्यान्सर भनेर पत्ता लगायो । धरानबाट झापाको विएनसी हुदै फेरी धरानको घोपामा अपरेसन गरेको पीडितका बुबा उद्धब बहादुर बस्नेतले गहभरी आँसु झारदै बताए । उनले विहे गर्ने उमेरमा छोरीलाई भयानक रोग लागेकोले यसको थप उपचारको लागि सबैले सहयोग गरिदिन आग्रह गरेका छन् । उनि पथरीशनिश्चरे–१० को सिंहवाहीनि माविमा कक्षा १०मा अध्ययनरत हुन ।

क्यान्सर पीडितका आमा टंकमाया बस्नेतका अनुसार अहिले सम्म आफ्न्त र छरछिमेकमा ऋण गरेर ११ लाख खर्च भैसकेको छ । डाक्टरले पैसा भए छोरी निको हुने आसवासन दिएपछि हामीले सहयोग उठाएर छोरीको थप उपचार गर्ने निर्णय गरेर सहयोगको हात फैलाएको बताए । उनले छोरी निको पार्न सबैले सहयोग गरिदिन आग्रह गरेका छन् ।

राजकुमार विश्वर्कमाको संयोजकत्वमा ५ सदस्य भद्रकुमारी(सर्मिला)बचाउ अभियान समिति गठन भएको छ । समितिका संयोजक राजकुमार विश्वर्कमाले सवैमा सहयोगको अपेक्षा गरेको बताए । सहयोग गर्न चाहने मनकारीले क्यान्सर पीडितको बुबा उद्धब बहादुर बस्नेतको फोन नं. ९८२७३३१२०८ वा एनआईसि एसिया बैंक खाता नं. ४८७०१९०४०४५३४०१ मा आर्थिक सहयो रकम पठाउनु सक्नु हुने छ ।