झापा । झापा बिर्तामोडको टिभिएस मोटरसाइकलकोे आधिकारिक बिक्रेता पाथीभरा अटोलिङ्कले एबीएस र स्मार्ट कनेक्ट फिचरसहितको आरटीआर १६० फोर भी मोटरसाइकल सार्वजनिक गरेको छ । 

अपाचे आरटीआर १६० फोर भीमा एबीएस र स्मार्ट कनेक्ट फिचर थप गर्दै कम्पनीले तयार पारेको मोटरसाइकल सोमवार सार्वजनिक गरिएको हो  । मोटरसाइकलको सार्वजनिक झापा ११ फुटबल क्लबका टिम मेनेजर सन्तोष गुरुङले गरे । 

जगदम्बा मोटर्सले देशभरका एक सयभन्दा बढी सेल्स, सर्भिस र स्पेर्यर पार्टसको सेवा दिने सेन्टरहरूबाट विभिन्न ५ भेरियन्टमा उपलब्ध रहेका मोटरसाइकल देशको कुनै पनि क्षेत्रबाट सोमबारदेखि खरिद गर्न सकिने कम्पनीले जनाएको छ । टीभीएस अपाचे आरटीआर १६० फोर भी नेपालमा निकै सफल मोडलको रूपमा बिक्री वितरण हुँदै आएको जगदम्बा मोटर्सका क्षेत्रीय प्रतिनिधि तीर्थ रिजालले बताए  ।

१६० फोर भीमा १५९.७ सीसी सिंगल सिलिण्डर, ४ स्ट्रोक, ४ भल्भ इन्जिन रहेको छ । इन्जिनले १६.५ पीएस पावर ८००० आरपीएममा र १४.८ एनएम टर्क ६५०० आरपीएममा उत्पादन गर्छ । पावर राइडिङको लागि सुपर स्लिक मेटेड ५ स्पीड गियरबक्स रहेको छ । आफ्नो रेसिङ विरासतलाई कायम राख्नको लागि टीभीएस अपाचे आरटीआर १६० फोर भी ‘पावर टु वेट रेसियो’ मा टप स्पीड ११३ किलोमिटर प्रति घण्टा रहेको छ । जसले ०.६० किलोमिटर प्रति घण्टाको रफ्तार मात्र ४.७३ सेकेन्डमा पूरा गर्ने कम्पनीले दाबी गरेको छ । 

एबीएस र स्मार्ट कनेक्टसहितको आरटीआर १६० फोर भिको मूल्य ३ लाख ५ हजार ९ सय रुपैयाँ कायम गरिएको छ । सार्वजनिक भएकैै दिन ४ वटा मोटरसाइकल बिक्री गरिएको जनाइएको छ  । मोटरसाइकल सार्वजनिक कार्यक्रममा पाथीभरा अटोलिङ्कका प्रोपाराइटर सजेश शिवाकोटी, याम कार्की र विपिन बस्नेतलगायतको उपस्थिति थियो ।