इनरुवा । कोशीटप्पु वन्यजन्तु आरक्षको प्रचार गर्नका लागि स्थानीयले फरक तरिका अपनाएका छन् ।

आरक्षको प्रचार गर्नका लागि स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने उपाय अपनाएका हुन् । हस्तकलामार्फत उत्पादित सामग्रीको बजार विस्तारमा जोड दिन थालेका छन् । उक्त कार्यका लागि २५ जना महिलालाई रोजगारीसमेत दिइएको छ ।

रोटरी क्लबको सहयोगमा पटेरजन्य झार तथा घाँसबाट सामग्री निर्माणमा जुटेका हुन् । बजारमा यस्ता सामग्रीको माग भएकाले महिलाहरूलाई रोजगार प्रदान गरेको पटेर प्रशोधन केन्द्र समितिका संयोजक अशोककुमार साहले बताए ।