धरान । नेपालमा फेरि सुनको मूल्य बढेको छ । प्रतितोला ८ सय रुपैयाँले सुनको मूल्य बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आइतबार छापावाल सुनको भाउ तोलाको ९५ हजार ६ सय रुपैयाँमा कारोबार भएको जनाएको छ । शुक्रबार छापावाल सुनको मूल्य तोलाको ९४ हजार ८ सय रुपैयाँ रहेको थियो ।

केही समय यता सुनको भाउको स्थिर रहेको थियो । यता तेजाबी सुनको मूल्य भने ९५ हजार १ सय रुपैयाँ प्रतितोलामा बिक्री भइरहेको छ । आइतबार चाँदीको मूल्यमा ४० रुपैयाँले फेरबदल भएको छ । शुक्रबार चाँदीको मूल्य तोलामा एक हजार १९५ रुपैयाँ रहेकोमा आइतबार एक हजार २३५ रुपैयाँ पुगेको छ ।