विराटनगर । डाटसन गाडीको नेपालको लागि आधिकृत विक्रेता पायोनियर मोटोकर्प प्रालि विराटनगरले ‘न्यू रेडी गो’ १.० लिटर कार बजारमा ल्याएको छ ।
विराटनगरको बरगाछीस्थित पायोनियर मोटोकर्प प्रालिले आइतबार एक कार्यक्रम आयोजना गरि नयाँ कार बजारमा ल्याएको जानकारी गराएको हो ।
बजारमा आएको नयाँ कार मोडेलमा जापानिज इन्जिन रहेको छ, जसले गर्दा ग्राहकहरुले बढी पावर र आरमदायी अनुभुति गर्छ । मुख्यतयाः रेडी गो कारमा मा इन्टालिजेन्ट स्मार्ट अटो टेक्नोलोजीको न्यून इन्धन संञ्चालन खर्च लाग्ने तीन सिलिन्डरको इन्जिन छ ।
यसमा फाइभ स्पिड म्यानुअल ट्रन्समिसन छ, जसले ड्राइभिङ्ग अनुभवलाई थप रोमान्चक बनाउँछ । नयाँ रेडी गो दुई वटा भेरियन्टमा उपलब्ध छ । यी मोडेलमा नयाँ विशेषताहरु सेन्ट्रल लकिङ, रिमोर्ट किलेस इन्ट्री, ब्ल्याक इन्टेरियर, हर्नप्याड रसिल्भर फिनिसिङ्ग, एसीका साथ उपलब्ध छन् । यो कार ६ कलरमा रहेको छ । सिल्भर, ग्रे, रुवी, सेता, रातो, र ब्राउन रङमा उपलब्ध छन् ।
न्यू रेडी गो कारको बजार मुल्य २३ लाख ९९ हजार ९ सय ९९ रुपैयाँ रहेको छ । दशैंलाई लक्षित गरि नयाँ कार बजारमा ल्याएकोले छुट योजना रहेको पायोनियर मोटोकर्प प्रालि विराटनगरका शाखा प्रमुख अमित अग्रवालले जानकारी दिए ।
‘दशैंलाई लक्षित गरि नयाँ कार बजारमा ल्याएको हो,’ उनले भने, ‘हाम्रो ग्राहकहरूका लागि विभिन्न छुट योजना हामीले लिएर आएका छौं ।’ ५० वटा रेडी गो कार विक्री गर्दासम्म १ लाख ५० हजार रुपैयाँ छुट रहेको उनले जानकारी दिए । प्रतिलिटर २१. ७ किलोमिटर माइलेज दिने बताइएको छ ।