इटहरी । इटहरीमा रहेको महिला बचत तथा ऋण सहकारी संस्थाको २३ औँ स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा सहकारीले विपन्न समुदायका, दैनिक ज्याला मजदुरी गरेर गुजरा चलाउदै आएका ४० जना शेयर सदस्यहरूलाइ खाद्यान्न वितरण गरेको हो ।

खाद्यान्न वितरण कार्यक्रममा संस्थाकी अध्यक्ष अमृता सुब्बाले लकडाउनको कारण मजदुरी गर्न नपाएका शेयर सदस्यहरुलाई खाद्यन्न दिएको बताईन । उनले भनिन् विपन्न सदस्यहरुलाई खाद्यन्न दिएर स्थापना दिवस मनाएका हौ ।
कार्यक्रमको प्रमुख अतिथि कार्यक्रम प्रदेश नं १ का सहकारी रजिष्टार राम प्रसाद चापागाईलेमहिला बचत उत्कृष्ट भएको भन्दै प्रशसा गरे । मेहेनत गरे सहकारीले आर्थिक परिवर्तन ल्याउँने उनको भनाई थियो ।

कार्यक्रमका विशेष अतिथी राष्ट्रिय महासंघ नेपालका संचालक समिति सदस्य शिव कुमार डाँगी लगायत सोम बहादुर श्रेष्ठ, बिरबल कुमार राजबंसी, सदिपराज ढकाल लगायतहरूको उपस्थिति रहेको थियो । सहकारीलाई थप बलियो बनाउँदै लौजाने सहकारीले बताएको छ ।