झापा । झापा बिर्तामोड–२ चारपानेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई दशै तथा संरक्षण भत्ता वापत ५३ लाख ७६ हजार रुपैयाँ वितरण गर्ने भएको छ ।
संस्थाका एकल महिला सदस्य, एकल पुरुष, असक्त अपाङ्ग, ६५ देखि ८१ बर्ष नाघेका जेष्ठ नागरिकलाई सो रकम वितरण गर्न लागेको हो । ५८ बर्ष नाघेका एकल पुरुष ६ जनालाई ६ हजारका दरले, स्थायी असक्त तथा अपाङ्ग २ जनालाई १० हजारका दरले, एकल महिला ५ सय १० जनालाई ८ हजारका दरले, ६५ बर्ष नाघेका ९८ जनालाई ६ हजारका दरले, ७० बर्ष नाघेका ६९ जनालाई ८ हजारका दरले र ८१ बर्ष नाघेका १० जनालाई १० हजारका दरले रकम वितरण गरिने संस्थाका सहायक निर्देशक दिनेशबहादुर निरौलाले जानकारी दिए ।
सोही कार्यक्रम अन्र्तगत लक्ष्मीपुर सेवा केन्द्रले एकल महिला, एकल पुरुष, जेष्ठ नागरिक, जेष्ठ सदस्य पोषण, असक्त र अपाङ्गलाई दशैं तथा संरक्षण भत्ता वितरण गरेको छ । साकोस लक्ष्मीपुर सेवा केन्द्रले विहीवार संस्थाका सदस्यको घरमै पुगेर रकम हस्तान्तरण गरेको हो ।
सेवा केन्द्रले ३८ जना एकल महिला ८ हजार, २ जना जेष्ठ नागरिकलाई ८ हजार, १२ जनालाई पोषण भक्ता ६ हजार, ३ जना एकल पुरुषलाई ६ हजार र २ जना अपाङ्गलाई १० हजारका दरले ४ लाख ३० हजार रुपैयाँ वितरण गरेको छ ।
लक्ष्मीपुर सेवा केन्द्रका प्रमुख उमेश भारतीले स्वागत तथा कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए भने सेवा केन्द्रका सहयोग समिति संयोजक केदार शम्शेर गिरी, संस्थाका अनुगमन अधिकृत घनश्याम रायलगायतले सदस्यलाई चेक हस्तान्तरण गरेका थिए ।
संस्थाका कर्मचारी खगेन्द्र निरौलाले सञ्चालन गरेको कार्यक्रममा सहयोग समिति सदस्य टोमकुमारी ओझा, दिव्यसरा उप्रेती, इकाई संयोजक तेजकुमार गिरी, वीरबहादुर चौहान, सीताराम अधिकारीलगायतको उपस्थिति थियो ।
संस्थाले एकबर्षको अवधिमा ३ दर्जनबढि सामाजिक कार्य गरिसकेको जनाइएको छ ।