सशस्त्र प्रहरीले समायो तस्करीको सामान

alt
  • आश्विन २२, २०७७
  • ब्लाष्ट खबर

विराटनगर । भारतदेखि चोरी तस्करी गरि ल्याएको अवैध लत्ताकपडाको सामग्री हरूसहित तस्करीमा प्रयोग भएको अटो सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

तस्करी गरि ल्याएको लत्ताकपडाक सामग्रीहरू विराटनगर १८ आइपि जाने बाटोबाट सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रानीका सशस्त्र प्रहरी निरीक्षक मौसम पोखरेलको नेतृत्वमा खटिएको टोलीले बिहीबार बिहान बरामद गरेको हो ।

तस्करी गरि ल्याएको लत्ता कपडा र खाद्य सामग्री बोकेको अटो पनि प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरीले टप्स सेट ४४ पिस, कुर्ता सुरुवाल १२, सर्ट १४, बच्चाको जामा २३, पेन्ट १२, बेवी सेट १४ र टप्स ७३ पिस बरामद गरेको हो । प्रहरीले बरामद गरेको सामाग्रीहरू ४ लाख ४३ हजार ७ सय मूल्य बराबरको रहेको छ । बरामद गरिएको अटो र लत्ताकपडाहरू विराटनगर भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ ।

दोहोरो नागरिकता लिने ...

ब्लाष्टखबर । किर्ते गरि दोहोरो नागरिकता लिएका सुनसरी इन ...

धरानका युवा घरमा लु ...

धरान । धरान उपमहानगरपालिका–१५ गणतन्त्र मार्गबाट प ...

प्रदेश १ मा ३७२ संक् ...

विराटनगर । प्रदेश १ मा आज ३७२ जना कोरोना संक्रमित थपिएक ...

सुन्दरहरैचामा आइतबार ...

बेलबारी । सुन्दरहरैचा नगरपालिका क्षेत्रका सार्वजनि ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved