धनकुटा । नागरिकता र राहादानीमा किर्ते गरेको आरोपमा धनकुटाका दुई जनालाई प्रहरीले वुधवार पक्राउ परेका छन् ।

पक्रउ पर्नेमा महालक्ष्मी नगरपालिका वडा नं.२ का वर्ष ३० का भिमराज लिम्वु र वर्ष ३६ का हडिन लिम्वु रहेका छन् । फरार रहेका दुवै जनालाई प्रहरीले विशेष सुराकीको आधारमा हडिनलाई धरान बजारबाट र भिमराजलाई धनकुटा वजारबाट पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता ध्ुर्व कुमार श्रेष्ठले जानकारी दिएका छन् ।

उनका अनुसार भिमको नागरिकता हडिनले लगेर हराएको भनि जिल्ला प्रशासन कार्यालय धनकुटाबाट आफ्नो फोटो टाँसेर प्रतिलिपि निकालिएको थियो । भिमको नागरिकताको विवरणको आधारमा हडिनले राहदानी समेत निकालेका थिए । त्यसपछि भिमले पुनः आफ्नो नागरिकता हराएको भन्दै तेश्रो प्रतिलिपी लिएका थिए । हडिनले नागरिकताको प्रतिलिपि र राहदानी समेत बनाई सकेको र भिमले पनि नागरिकताको तेश्रो प्रतिलिपि लिएपछि अनुशन्धानको क्रममा यस्तो भेटिएको हो ।

उमेर कम देखाउन हडिनले नागरिकतामा किर्ते गरेको पाइएको छ । विभिन्न प्रयोजनको लागी उमेरको हद लाग्ने भएकाले उमेर कम देखाउन उक्त नागरिकता प्रयोग गर्न दिएको पाइएको छ । किर्ते गरेको पत्ता लागेपछि मुद्धा दर्ता गरेर फरार रहेका दुवै जनालाई प्रहरीले पक्राउ गरेको हो । नागरिकता र राहदानी किर्ते गरेको किटान भएपछि जिल्ला प्रशासन कार्यालय धनकुटाले ०७६।०२।२७ जिल्ला प्रहरी कार्यालय धनकुटामा मुद्धा दर्ता गरेको थियो । जाहेरी परेको करिव डेड वर्ष पछि उनीहरु पक्राउ परेका हुन् । किर्ते मुद्धाका दुवै जनालाई जिल्ला अदालत धनकुटामा म्याद थप गरि आवश्याक अनुशन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।