उर्लाबारी । कोभिड–१९ को कहरका कारण पनि उर्लाबारी नगरका अधिकांश सहकारी संस्थाले समुह समुहमा साधारण सभा शुरु गरेका छन भने थोरै संख्यामा शेयर सदस्य हुने संस्थाले भौतिक दुरी कायम गरी सभा गर्ने क्रम जारी रहेको छ ।
यसैक्रममा मंगलबार उर्लाबारी बचत तथा ऋण सहकारी संस्थाले आर्थीक बार्षीक साधारण सभा असोज १६ देखि १९ गते सम्म गरेर संम्पन्न गरेको छ । संस्थामा ४ दिनमा समुह समुहलाई भेला गरी आवश्यक सुझाव संकलन गरी सभा संम्पन्न गरीएको अध्यक्ष गोपालप्रसाद घिमिरेले बताएका छन ।
आर्थीक बर्ष २०७६/०७७ सम्म ८० लाख ४५ हजार शेयर पुँजी रहेको सो संस्थाले गत आर्थीक बर्षमा ५ करोड ६९ लाख १९ हजार १ सय ११ रुपयैँ कारोवार गरी खुद मुनाफा २० लाख ९१ हजार ८ सय ७३ रुपयैँ गरेको संस्थाद्धारा प्रकाशीत प्रतिवेदनमा उल्लेख गरीएको छ ।
यसैगरी उर्लाबारी–७ मा रहेको पशुपति बचत तथा ऋण सहकारी संस्थाले पनि आफनो १३ औं चुनावी साधारण सभा संम्पन्न गरेको छ । सभाले पुन: तेजकुमार रिजालको अध्यक्षतामा कार्य समिति तथा राजेन्द्र ढुङगानाको संयोजकत्वमा लेखा समिति चयन गरेको छ ।
कार्य समितिको सचिवमा जनक बस्नेत तथा सदस्यहरुमा कोमल दाहाल, रमा कट्वाल, कृष्ण प्रसाई, लोकबहादुर श्रेष्ठ र अर्जुन श्रेष्ठ एवं लेखा समितिका सदस्यहरुमा कोपीला बुढाथोकी र धनमाया रेग्मी सर्वसम्मत निर्वाचित भएका सो संस्थाले जनाएको छ ।
निर्वाचन प्रक्रिया अघि भएको साधारण सभामा आर्थीक बर्ष २०७६/७७ सम्ममा कायम शेयर पुजी ४ लाख १६ हजार ३०० रहेको र १ करोड ९ लाख कारोवार गरी २ लाख ८० हजार ३ सय ३१ रुपया“ मुनाफा गरेको प्रतिवेदनमा जनाएको छ ।
उता नगरमा भएका अन्य सहकारीहरुले पनि साधारण सभा गर्ने सार्वजनिक सूचना प्रभाव गरी तयारी गरीएका अधिकांश सहकारीले जनाएका छन । कोरोना कहरको त्रास रही रहे पनि २०७७ पौष मसान्त सम्ममा साधारण सभा गरीसक्नु पर्ने कानुनी बाध्यता अनुरुप साधारण सभाको मिति तयारी गरीएको सहकारी संस्थाका संचालकले जनाएका छन ।
































