धरान । बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानका सुरक्षा गार्डले नै चोरी गर्ने गरेको खुलेको छ ।
प्रतिष्ठानको सुरक्षाका लागि भनेर खटाइएका सुरक्षागार्ड धरान ११ शिवजी चोकका सुरज श्रेष्ठ विरामीका कुरुवाको पैसा चोरेको आरोपमा पक्राउ परेपछि सुरक्षा गार्ड नै चोरीमा संलग्न हुने गरेको खुलेको हो ।
सुरक्षागार्ड श्रेष्ठ सुनसरीको बराहक्षेत्र– २ की दिलकुमारी राईको व्यागमा रहेको ४८ हजार रुपैयाँ चोरी गरेको आरोपमा पक्राउ परेका हुन् । प्रतिष्ठानमा आफन्तको उपचारका लागि आएकी राई कुरुवाका रुपमा सर्जनरी वार्डको युनिट ३ ब्लकमा थिईन् । उनी सुतिरहेका बेला भिआइपी सेक्युरिटीका गार्ड श्रेष्ठले उनको पैसा चारेको अरु कुरुवाले देखेपछि राती नै उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
प्रहरीका अनुसार श्रेष्ठले चोरी गरेपछि शौचालयमा गएर व्यागबाट पैसा झिकेपछि पुनःरित्तो व्याग सिरानीमा राखिदिएका थिए ।