विराटनगर । विराटनगरस्थित विराट नर्सिङ होम एवं विराटनगर अस्पतालको दुई तलामाथिको झ्यालबाट हाम फालेर घाइते भएका एक जना बिरामीको सोमबार बिहान मृत्यु भएको छ ।
हाम फालेर घाइते भएका मोरङको मिक्लाजुङ गाउँपालिका–७ का ५३ वर्षीय अमृत गजमेरको आइसीयूमा उपचारको क्रममा मृत्यु भएको हो ।
फोक्सोजमा समस्या भएपछि १९ असोजमा अस्पताल भर्ना भएका थिए । फोक्सोमा गम्भीर समस्या देखिएको भन्दै चिकित्सकको सल्लाह बमोजिम उपचार भइरहेको अस्पतालले जनाएको छ । दोस्रो तलामा भर्ना भएका गजमेर बेडमा उभिएर अस्पतालको उत्तरपट्टीको झ्यालबाट हामफालेको अस्पतालको सिसी टिभी फुटेजमा देखिन्छ । दुई तला माथिबाट हाफ फालेर घाइेत भएका गजमेरको आइसीयूमा राखेर उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । गजमेरको उपचारका क्रममा ९ बजेतिर मृत्यु भएको थियो ।
मृतककको शव पोस्टमार्टमका लागि कोशी अस्पताल पठाएको छ । आत्महत्या गरेको गजमेरको अस्पतालमा लागेको उपचार खर्च मिनहा गरिदिएको छ । गजमेरको उपचारमा करिब ७० हजार रुपैयाँ खर्च भएको थियो ।