विजयपुर । विभिन्न माग राखेर निरन्तर १९ औ पटक सम्म अनशन बस्न बाध्य पारिएका डा.केसीको जीवनरक्षाको माग गर्दै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका जुनियर रेसिडेन्ड (जेआर) हरुले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेका छन ।

डा. केसी विभिन्न माग राखी आमरण अनसन बसेको २० दिन पुग्दा पनि सरकारले माग पुरा गर्न त होइन बार्ताको वातावरण पनि नबनाएकाले आइतबारदेखि कालोपट्टि बाँधेर काम गर्ने वताएका छन । सोमबारदेखि निरन्तर ३ दिन कालोपट्टि बाँधेर काम गर्ने र माग पुरा गरि जीवनरक्षाका थप अन्य आन्दोलनका कार्यक्रम घोषणा गर्ने जेआरका सचिव जुनियर रेसिडेन्ट वलफेयर सोसाइटीका महासचिव गणेश फुलारा जानकारी दिएका छन ।

शनिबार दिप प्रजवलन गरि औपचारिक रुपमा आन्दोलनको शुरुवात गरेका छन । सोहि कार्यक्रममा कोरोनाको संक्रमणबाट मृत्यु भएका डा. हरिप्रसाद सापकोटाको श्रद्धाञ्जली तथा मौन धारण पनि गरिएको थियो ।

unnamed (1)