धनकुटा / तेह्रथुम जिल्लाको सदरमुकाम म्याङ्गलुङ्ग बजारबाट धरानको लागी शुक्रबार बिहान हिडेको यात्रुवाहक बस अपरान्ह २:३० बजे धनकुटाको पात्लेमा दुर्घटना भएको छ ।

ना. ६ ख. १९७८ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा तेह्रथुमको म्याङ्गलुङ्गबाट धरान आउँदै गरेका धरान–७ का वर्ष ५५ का नरेशमोहन पालीखे घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

घाईतेको जिल्ला अस्पताल धनकुटामा प्राथमिक उपचार पछि धरान रेफर गरिएको छ । उनको ढाडमा समश्या देखिएको जिल्ला अस्पताल धनकुटाको आकस्मिक कक्षले जनाएको छ । घाईतेको अवस्था खतरामुक्त रहेको बताइएको छ । 

तेह्रथुमको म्याङ्गलुङबाट धरान आउँदै गरेको उक्त वसमा १० जना यात्रु सवार रहेको ट्राफिक प्रहरी दिपक खड्काले बताए । दुर्घटना स्थल धनकुटा वसपार्क देखी ४ किलोमिटर टाढा पर्दछ ।

यात्रुवाहक वस अनियन्त्रित भएर ब्रेक लगाउँदा नलागेपछि चालकले भित्तामा चढाउँदा सडकमा पल्टिएर दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ । चाडपर्व नजिकिदै गर्दा हरेक वर्ष दुर्घटना हुने गरेको प्रहरीले जनाएको छ ।
तस्विर पनि छ ।