उर्लाबारी । नेपाल टेलिकम उर्लाबारीले ल्याण्ड लाईन टेलिफोन समयमा मर्मत संभार नगर्दा नगरका अधिकांश सेवाग्राही प्रभावित भएका छन भने टेलिफोन लाईन संचालन नहुँदा पनि निम्मतम शुल्क तिर्न सेवाग्राही बाध्य भएका छन ।
उर्लाबारी–७ स्थित कुमारी बचत तथा ऋण सहकारी संस्था लि. को नाममा दर्ता कायम भएको ०२१५४१४६२ नंम्वर टेलिफोन बिग्रीएर संचालनमा नभएको तिन साता बितीसक्दा पनि मर्मत संभार भएको छैन ।
सो संस्थाका अध्यक्ष कृष्ण प्रधानले संस्थाको टेलिफोन लाईन मर्मतको लागि दर्जनौ पटक आग्रह गर्दा कार्यालयले वेवास्ता गरेको बताउँदै संस्थाको दैनिक कार्यालय संचालनमा समेत प्रभाव परेको बताएका छन ।
कुमारी बचतको लाईन फोन मात्र मर्मत नभएको होईन नगरमा करिब एक सय फोन मर्मतको लागि उजुरीका निवेदन आएका भएता पनि कार्यालयले प्राविधिक जनशक्तिको अभाव दर्शाउँदै मर्मत गरेको छैन ।
कार्यालय प्रमुख राजेन्द्रकुमार चौधरीले ३ जना प्राविधिकको दरवन्दी भएता पनि एक जना पनि कर्मचारी नभएका कारण कार्य गर्न नसकीएको स्विकार गर्दै क्षेत्रिय कार्यालयमा प्राविधिक कर्मचारीमो समस्या दर्शाउँदा सुनवाई नभएको बताएका छन ।
उता सो कार्यालयका प्रशासन तथा लेखा प्रमुख सहदेव सुब्बाले टेलिफोन लाईन संचालन नभएको अवधिको निम्नतम शुल्क पछि प्रक्रिया पुर्याएर फिर्ता गरीने बताएका छन ।
उर्लाबारी कार्यालयले उर्लाबारी सहित रतुवामाईको सोमबारे, मधुमल्ला र मंगलबारे एक्सचेन्ज अन्र्तगतका एक हजार पाँच ल्याण्डलाईन टेलिफोनलाईन संचालनमा रहेका छन ।
कार्यालयमा ७ जनाको दरबन्दी भएका पनि हाल अप्राविधिक क्षेत्रका ४ जना मात्र कर्मचारी कार्यरत रहेका कार्यालय स्रोतले जनाएको छ ।