ब्लाष्टखबर । सुनसरीमा माेटरसाइकल दुर्घटनामा परि एककाे मृत्यु भएकाे छ ।
जिल्लाकाे हरिनगर गाउँपालिकाका ३५ वर्षिय दिनेश मण्डलकाे गएराती उनैले चलाएको को १६ प ४७९४ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा उनकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
कार्यलयका अनुसार मोटरसाईकल अनियन्त्रित भई हरिनगरा स्थित रोडमा रहेको बिजुलीको पोलमा ठक्कर खाइ नजिकै रहेको नहरमा मोटरसाईकल झर्दा सोही मोटरसाईकले किचेर मण्डलको मृत्यु हाे ।
घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि कानुनी कारबाही भईरहेको कार्यालयले जनाएको छ ।