धरान/ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा इटही–४का ५६ बर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

उनलाई ज्वरो, खोकी र श्वासप्रश्वासमा कठिनाइ भएपछि असोज १४ गते विराट मेडिकल कलेज विराटनगरबाट वीपी प्रतिष्ठानमा रिफर गरिएको प्रतिष्ठानका प्रवक्ता डा. सापकोटाले जानकारी दिए ।

बुधबार राती भर्ना भएको १५ मिनेट भित्रै उनको निधन भएको प्रतिष्ठानले जनाएको छ । उनलाई वीपीको कोभिड अस्पतालमा ल्याउदा उनको अवस्था निकै गम्भीर रहेको प्रतिष्ठानका प्रवक्ता डा. सापकोटाले जनाएको जानकारी दिए । मृतकलाई दीर्घ रोग केही पनि नभएका प्रतिष्ठानले जनाएको छ ।