भद्रपुर/भद्रपुरस्थित चन्द्रगढी बजारका कोरोना सङ्क्रमित सुन व्यवसायीमा सम्पर्कमा आएका सबैको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।
उनका परिवारका तीनसहित आठ जनाको रिपोर्ट नेगेटिभ आएको भद्रपुर नगर स्वास्थ्य शाखाका फोकल पर्सन मनोज भट्टराईले जानकारी दिए ।
बजारका व्यवसायीमा सङ्क्रमण देखा परेपछि दुई दिनदेखि चन्द्रगढी बजारमा लगाइको निषेधाज्ञा खुलाउने तयारीमा भद्रपुर १० नम्बर वडा कार्यालय रहेको जनाइएको छ ।
वडा कार्यालयले भद्रपुर १० स्थित चन्द्रगढीको लेखनाथ चौक पूर्व बजारको मध्य विन्दुदेखि दुर्गा मन्दिर हुँदै दक्षिण नबिल बैङ्कसम्म आसपासका पसलहरु बन्द गराइएको थियो ।