धरान/ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा राजविराज–४ सप्तरीका ३९ बर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।
उनलाई ज्वरो, खोकी र श्वासप्रश्वासमा कठिनाइ भएपछि असोज १० गते गोल्डेन हस्पिटल विराटनगरबाट वीपी प्रतिष्ठानमा रिफर गरिएको प्रतिष्ठानका प्रवक्ता डा. सापकोटाले जनाएका छन् ।
उनलाई भेन्टिलेटरमा राखेर उपचारको क्रममा बुधबार बिहान ३ः१० बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
मृतकलाई दीर्घ रोग उच्चक्तचाप, मधुमेह, मृगौलाको दिर्घकालिन समस्या भएर डाइलाइसिस हुने गरेको प्रतिष्ठानका प्रवक्ता डा. सापकोटाले बताए ।