मधुमल्ला/ नेपाल कम्युनिष्ट पाटी (नेकपा) मिक्लाजुङले मोरङको मिक्लाजुङ गाउँपालिकालाई २४ बुदे सार्वजनीक महत्वको प्रस्तव दर्ता गराएको छ । मंगलबार मिक्लाजुङ गाउँपालिको सभाहलमा एक कार्यक्रमको आयोजना गरि उत्त सार्वजनीक महत्वको प्रस्तबा दर्ता गराएको हो ।
नेकपाले दार्ता गराएको सार्वजनीक महत्वको प्रस्ताबमा गाउँपालिकाले गर्नु पर्ने २४ वटा कार्यहरुमा पर्यटन, कृषी, शिक्षा , रोजगारी तथा अर्य आजर्न, कोरोना रोग नियन्त्रणका लागि समन्वय लगायतका रहेकाछन ।
गाउँपालिकाले यसै बर्ष गर्नु पर्ने १४ वटा पुर्वाधार विकाशका योजनाहरुलाई प्रस्तबमा अगाडि सारेको छ । १४ वटा योजनाहरुमा पुल र कल्भट , सडकहरु स्तर उन्नती र कालो पत्रे सडकका योजनाहरु रहेकाछन ।
नेकपा मिक्लाजुङले प्रदेश सरकार संग माग गर्ने ८ वटा योजनाहरुलाई अगाडि बढाउन माग गरेको छ । जसमा अधिकांस सडक कालो पत्रे र कलभट निर्माणका योजनाहरु रहेका छन ।
यस्तै सार्वजनीक महत्वका प्रस्ताबमा १४ वटा महत्वपुण योजनाहरु केन्द्र सरकार संग माग गर्नु पर्ने नेकपाको सार्वजनीक महत्वको प्रस्तबमा उल्लेख छ ।
मंगलबार मिक्लाजुङ गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा नेकपा मिक्लाजुङका अध्यक्ष नेरेन्द्र प्रसाद ढुङ्गेलले सार्वजनीक महत्वको प्रस्तबा बाचन गरेका थिए । उक्त प्रस्ताब नेकपा मिक्लाजुङ इन्चार्ज प्रेम लिम्बुले मिक्लाजु«ङ गाउँपालिका अध्यक्ष देवी प्रसाद आचार्यलाई वुझाएका थिए ।
सार्वजनीक महत्वको प्रस्ताब बुुझ्दै मिक्लाजुङ गाउँपालिका अध्यक्ष देवी प्रसाद आचार्यले नेकपाले दर्ता गराएको सार्वजनीक महत्वको प्रस्ताब समय सापेक्ष रहेकाले यसालाई निति नियम अनुसार कार्यान्वयनमा जोड दिने आचार्यले बताए ।
नेकपाले बुझाएको सार्वजनीक महत्वका प्रस्तबाले समग्र मिक्लाजुङमा भइ रहेकाको विकास र भवी पिडी सम्मलाई समेटन किसिमका योजानहरु रहेको नेकापा मिक्लाजुङका सचिब दीनेश पौडेलले बताए ।