उदयपुर/ उदयपुर रौतामाई-२ स्थितमा बस्ने ५५ बर्षीया लुङगेली मगरलाई खोलाले बगाउदा उनको मृत्यु भएको छ ।

आइतबार राती ८ बजे माईती घरबाट फर्कने क्रममा सोहि स्थानमा रहेको रसुवा खोला तर्दै गर्दा उनलाई खोलाले बगाएको थियो ।

झण्डै दुई सय मिटर सम्म खोलाले बगाएपछी झारीमा अड्केको अवस्थामा मैयाको शव फेला परेको भनि स्थानीयले प्रहरीमा खबर गरेका थिए । घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई कनुनी कारबाही भईरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।