धनकुटा/ धनकुटा नगरपालिका वडा नं. ६ फोक्ल्याण्ड टापुमा भारी वर्षाको कारण पहिरो जाँदा २ परिवार विस्थापित भएका छन् भने १० घरपरिवार उच्च जोखिममा परेका छन् ।

केही दिनदेखिको अविरल वर्षाका कारण पहिरो निरन्तर खसेकाले फोक्ल्याण्डका पदमशेर राई र जोसना राईको परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

शनिबार गएको पहिरोले तोर्णदीप तिगेला, खड्गबहादुर कट्वाल, सन्तवीर लामा, इन्द्रमाया लिम्बू, विशालहाङ राई, रितु श्रेष्ठ, शेरबहादुर भण्डारीको घर उच्च जोखिममा परेको धनकुटाका एसपी गोविन्द अधिकारीले जानकारी दिए ।

पहिरो पीडितहरूलाई धनकुटा नगरपालिका र प्रशासनसँग सहकार्य गरी व्यवस्थापन गरिने वडा नम्बर ६ का वडाध्यक्ष नरेश श्रेष्ठले बताए ।

house 1 house2