भद्रपुर । भद्रपुरस्थित चन्द्रगढी बजारमा निषेधज्ञा जारी गरिएको छ । भद्रपुर नगरपालिका ९ बस्ने चन्द्रगढी बजारका एक ५० बर्षीय सुन व्यवसायीलाई कोरोना पुष्टि भएको तीन दिनपछि भद्रपुर नगरपालिका १० नम्बर वडा कार्यालयले निषेधज्ञा जारी गरेको हो ।

चन्द्रगढीको लेखनाथ चौक पूर्व बजारको मध्य विन्दुदेखि दुर्गा मन्दिर हुदै दक्षिण नविल बैङ्कसम्म आसपासका पसलहरु बन्द गराउने निर्णय गरिएको १० नम्बर वडा अध्यक्ष टेकबहादुर खडकाले जानकारी दिए ।

कोरोना सङ्क्रमितको सम्पर्कमा आएका पाँच जनाको स्वाब सङ्कलन गरिसकेको उनले बताए । अहिले पनि सो क्षेत्रमा खुल्मखुला व्यापार तथा व्यवसायी सञ्चालन भइरहेकोले त्यसलाई रोक्न निषेधज्ञा जारी गरेको उनले जनाए ।

सङ्क्रमित भेटिएपछि कम्तिमा त्यहाँका व्यापारी आफैले सजकता अपनाउनु पर्नेमा त्यसो नहुँदा यस्तो निर्णय गरिएको उनले बताए ।

सोमबारसम्म स्वाव लिएका पाँचै जनाकाे पीसीआर रिपोर्ट आएपछि मात्र थप निर्णयमा नगरपालिका पुग्ने उनको भनाई छ । यता चन्द्रगढी बजारमा सङ्क्रमण फैलिन रोक्नलाई स्थानीयले निषेधज्ञा जारी गर्न नगरपालिकालाई अनुरोध गरेका थए ।