धनकुटा । प्रदेश सरकार वन, वातवरण तथा पर्यटन मन्त्रालय विराटनगरको लगानीमा धनकुटा नगरपालिका वडा नं.१ हिले विच बजारमा करिब १ रोपनी भन्दा बढी क्षेत्रफलमा निर्माण सम्पन्न गरिएको हिलेपार्क जोन प्रयोग बिहिन अवस्थामा रहेको छ ।

आ.व.०७६/७७ को असार मसान्तमै निर्माण कार्य सम्पन्न भैसकेको हिलेपार्क जोनको रकम भुक्तानी प्रदेश सरकारले हालसम्म नदिएपछि निर्माण कार्य सम्पन्न भएर पनि प्रयोगमा ल्याउन स्थानिय निर्माण उपभोक्ता समितिले नदिदा प्रयोग बिहिन अवस्थामा रहेको हो ।

निर्माण कार्य सम्पन्न भएको तिन महिना वितिसक्दा पनि प्रदेश सरकारले भुक्तानी नदिएको कारण आन्तरिक तथा वाह्य पर्यटकहरुको लागी हिलेपार्क खुल्ला गर्न नसकिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष धिरेनले थिङले बताए । प्रदेश नं.१ कै पर्यटकिय स्थल हिले बजारमा आन्तरिक तथा वाह्य पर्यटकहरुलाई घुम्न वा मन भुलाउन सहज होस भन्ने उदेश्यले निर्माण गरिएको हिलेपार्क जोनको करिब ६७ लाख रुपयाँ प्रदेश सरकारले हालसम्म भुक्तानी दिएको छैन ।

प्रदेश सरकारले भुक्तानी नदिएपछि लाखौं रुपयाँ खर्च गरेर निर्माण गरिएको हिलेपार्क जोनमा निर्माण उपभोक्ता समितिले ताला लगाई दिएका छन् । मन्त्रालयले कुल ८० लाख रुपयाँमा काम सम्पन्न गर्ने गरी समझौता गराएर काम लगाए पनि हालसम्म २० लाख रुपयाँ मात्र पहिलो रनिङ्ग बिलको भुक्तानी दिएको समितिका अध्यक्ष धिरेन थिङ्गले बताएका छन् ।

120090459_804414343665211_2889945184075913999_n

धनकुटा नगरपालिका वडा नं.१ हिले वजारमा प्रदेश सरकार वन, वातवरण तथा पर्यटन मन्त्रालयको ८० लाख रुपयाँ लगानीमा निर्माण कार्य सम्पन्न भए पनि निर्माण उपभोक्ता समितिले भुक्तानी रकम नपाए पछि प्रयोग विहिन अवस्थामा रहेको हिलेपार्क जोन । सन्तवीर लामा/ब्लाष्ट

धनकुटा नगरपालिकाको पहलमा करिव १ रोपनी भन्दा बढी क्षेत्रफलमा फैलिएको हिलेपार्क जोनमा एकै पटकमा ६ जनासम्मले प्रयोग गर्न मिल्ने महिला पुरुषको छुट्टा–छुट्टै सुविधा सम्पन्न शौचालय निर्माण गरिएको छ । नगरपालिकाले ५० लाख रुपयाँ खर्चेर व्याक्तिको निजि जग्गा खरिद गरेर सार्वजनिक हिलेपार्क जोन निर्माण गरिएको नगर प्रमुख चिन्तन तामाङले बताएका छन् ।

पार्कमा स्थानिय बृद्धबृद्धाहरुलाई पार्कको विभिन्न स्थानमा विश्रामलय, आन्तरिक तथा वाह्य पर्यटकहरुलाई हिले र आसपासको क्षेत्रको पर्यटकिय स्थलहरुको जानकारी गराउने उदेश्यले सुचना केन्द्र समेत निर्माण गरिएको छ । त्यसको साथमा हिलेको ऐतिहाशिक तथा पुरात्वतिब बस्तुहरुको पहिचान झल्काउने खालको फोटो संग्राहलय समेत स्थापना गरिएको छ ।

हिलेपार्क जोनलाई हेरुङ्ग हेरुङ्ग लाग्ने वनाउन पार्क भित्र रातको समयमा बत्ती बाल्न ५ वटा सोलारका साथमा ४८ वटा लाईट बलहरु राखिएका छन् । पार्कको माथिल्लो भागमा पानीको फोहोरा फाउण्टेन राखिएको छ । जस्ले गर्दा घुम्न आउने आन्तरिक तथा वाह्य पर्यटकको मन भुल्याउन र मनोञ्जन लिन मद्धत पुर्याउने छ ।

पार्कमा आउने पर्यटहरुलाई घण्टौंसम्म रमाउन धनकुटा नगरपालिकाले फ्रि वाईफाईको प्रवन्ध मिलाएको छ । पर्यटक तथा पार्कमा आउने जोकोही आगन्तुकहरुको लागी वस्नको लागी १६ वटा भन्दा बढी फलामको वेञ्च निर्माण गरिएको छ । हिलेपार्क जोनलाई सजाउनको लागी विभिन्न साईजका माटाका घैला १ दर्जन, गमला २ सय थान, २ वटा बाघको स्टाचू र विभिन्न प्रजातीका साईकस, क्याक्टस लगायत दर्जनौ रंगका फूलहरु खरिद गरेर पर्यटकको मन लोभ्याउन सजाएर राखिएका छन् ।

हिले विगत लामो समय देखी पर्यटकिय केन्द्र भएर पनि हालसम्म वजार क्षेत्रमा सार्वजानिक शौचालय नभैरहेको अवस्थामा हिलेपार्क निर्माणसंगै २ वटा महिला पुरुषको छुट्टा–छुट्टै शौचालय निर्माण हुनु र शौचालयसंगै हिलेपार्क निर्माण हुनुले आगामी दिनमा हिले प्रदेश नं.१ कै पर्यटकिय हव बन्नेमा आशावादी रहेको धनकुटा नगरपालिका वडा नं.१ का वडाध्यक्ष निरेन तामाङले बताए ।

उनले आ.व.०७६/७७ मा हिले वजारको सिरानमा हिले भ्यूटावर, बक्रकुण्मा नागको स्टाचु, टायल विच्छ्याउने कार्य,हिले खेल मैदान निर्माण, टिम्बुरे डाँडामा सागर घर, सात तले गुफामा विभिन्न भौतिक पुर्वाधारको काम सम्पन्न भएको बताए । त्यसका साथै हिले नजिकैको जौटार सामुदायिक वनमा पनि पर्यटकको आकर्षणको लागी पिकनिक स्पोट, बालउद्यान लगायतका दर्जनौ भौतिक पुर्वाधारको योजना काम सम्पन्न भैसकेको वडाध्यक्ष तामाङले बताए ।

तस्विर नं.१÷धनकुटा नगरपालिका वडा नं.१ हिले वजारमा प्रदेश सरकार वन, वातवरण तथा पर्यटन मन्त्रालयको ८० लाख रुपयाँ लगानीमा निर्माण कार्य सम्पन्न भए पनि निर्माण उपभोक्ता समितिले भुक्तानी रकम नपाए पछि प्रयोग विहिन अवस्थामा रहेको हिलेपार्क जोन । सन्तवीर लामा /ब्लाष्ट