ताप्लेजुङ । ताप्लेजुङमा गुडिरहेको ट्याक्टरबाट खसेर एक जनाको ज्यान गएको छ । मेची राजमार्ग अन्तरगत फुङलिङ नगरपालिका–७ बहानन्देमा गुडिरहेको ट्याक्टरबाट खसेर सोहि ठाउँका २७ वर्षिय दिपेन्द्र ओख्राबुको ज्यान गएको हो ।

ओख्राबुको आइतबार बिहान घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । उनि काबेलीबाट सदरमुकाम फुङलिङतर्फ बालुवा बोकेर आउँदै गरेको ना ६ त ३००० नम्बरको ट्याक्टरमा बहानन्दे छेउबाट ट्याक्टरमा झुण्डिएका थिए ।

झुण्डने क्रममा खसेपछि ट्क्टरले किचेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख महेन्द्र श्रेष्ठले बताए । ट्याक्टरका चालक फरार रहेका छन् । ट्याक्टर नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको श्रेष्ठले बताए ।