ब्लाष्टखबर । आइतबार पुन: सुनकाे मुल्यमा गिराबट आएकाे छ । शुक्रबार तोलामा ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार घटेर ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।  

यस्तै तेजावी सुन तोलामा ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ भने,  चाँदीको मूल्य शुक्रबार काे तुलनामा १० रूपैयाँले घटेर आइतबार तोलामा १ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको छ । 

यस अघि मंगलबार, बुधबार, बिहिबार लगातार घटेकाे सुनकाे मुल्यमा शुक्रबार  ८ सय रूपैयाँ बढेकाे थियाे । साताकाे पहिलाे दिन आइतबार सुनको मूल्यमा ६ सय रूपैयाले गिरावट आएकाे हाे ।