विजयपुर । धरान उपमहानगरपालिका वडा नं. ९ द्वारा सञ्चालित ३ दिने शिपमुलक तालिम शनिबार सम्पन्न भएकोे छ ।

तालिम धरान–९ स्थित कुष्ठरोग निवारण सङ्घको सभाहलमा ८ गतेबाट शुरु भएको थियो । तालिम वडा नं. ९ को महिला लक्षित वजेट अन्र्तगत भएको थियो । घरमा गृहिणीको रुपमा रहने महिलाहरुलाई व्यवसायिक वनाउने उद्देश्यले तालिम गरिएको हो । तालिममा पहिलो दिन सुपाडी र नरिवल सजाउने सम्बन्धि सविना शाक्य, लाखमरी बनाउने सम्बन्धि राजी शाक्य र दुबोको माला बनाउने सम्बन्धिको सहजीकरण शृजना शाक्यले गरेको स्थानीय सञ्जिव रेग्मीले जानकारी दिए ।

सविना शाक्यको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथिति धरान उपमहानगरकी उपप्रमुख मञ्जु भण्डारी रहेकी थिइन । कार्यक्रममा बोल्दै उनले तालिमले क्षमतावान बनाउनुका साथै आर्थिक आयआर्जन गर्न सकिने बताइन् । कार्यक्रमको विशेष अथिति वडा नं. ९का अध्यक्ष रत्न कट्वाल रहेका थिए । तालिममा २० जना सहभागी रहेको कार्यक्रममा उपस्थित विकाश श्रेष्ठले जानकारी दिए ।