झुम्का । एलआइसि बिमाका बिमित स्वर्गीय शतिस चौधरीको परिवारलाई बिहिबार बिमा रकम रु १५ लाख ८७ हजार हस्तान्तरण गरेको छ । रामधुनी वडा नं. २ शिवनगर करमैनिया टोलका स्वर्गीय चौधरीको इच्छाएको ब्यक्ति श्रिमती कमला चौधरीलाई उनकाे घरमै बिमा कम्पनीले सो बराबर रकम बैंक चेक मार्फत हस्तान्तरण गरेको हो । 
 
बिमाबाट आएको रकम बैंकमा मुद्धती तर्फ जम्मा गरी १४ बर्षिय छोरा प्रतिक चौधरीकालागी शिक्षामा खर्च गर्ने स्वर्गीय चौधरीको पत्नी कमला चौधरीले बताइन् । उन्को एक मात्र छोरा छन् । बिमाको रकम उपलब्धले छोराको उज्वल भबिषयकालागी थप सहयोग महशुस गरेकी छु, उनी भावुक हुदै भनिन् आफु संसारमा नरहे पनि छोराछोरीको भबिषयकालागी सहयोग पाउनु बिमा सुरक्षित कोष भएको बताइन् ।
 
चौधरीको श्रिमान् एलआइसि बिमा कम्पनिमा ३ लाखको जिवन बिमा गरेका थिए भने ६ महिना अगाडी मात्र १० लाखको बिमा सुरु गरेका थिए । बिमित चौधरीको चार महिना अगाडी जेठ ५ गते रोजगारीको क्रममा बिदेशमै असमायीक निधन भएको हो । साउदीको अलजाइमर कम्पनिमा कार्यरत रहेका थिए । 
 
जिवन बिमा एजेन्सि मेनेजर जितेन्द्र नायक मार्फत गरेका हुन् । बिमा रकम सामाजिक कार्यकर्ता संकरलाल चौधरीले हस्तान्तरण गरेको छ ।