ब्लाष्टखबर । तीन दिन लगातार घटेकाे सुनकाे मुल्य शुक्रबार भने बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ८ सयले बढेर प्रतितोला ९३ हजार ९ सयमा कारोबार भइरहेको छ । तेजावी सुनको मुल्य प्रतितोला ९३ हजार ४ सयमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदीको मुल्य तोलामा ४० रुपैयाँले बढेर तोलाको ११ सय ६० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 बिहिबार सुन तोलाको ९३ हजार १ सयमा कारोबार भएको थियो ।