धरान/ हुण्डाई अटोमोबाइल्स नेपालको आधिकारिक बिक्रेता लक्ष्मी इण्टरकण्टिनेण्टल प्रालिले दशैं–तिहार योजना ल्याएको छ ।
दशैं–तिहारलाई लक्षित गर्दै ‘वेलकम टु हुण्डाई परिवार’ योजना ल्याएको हो । प्रालिले असोज ५ देखि मङ्सिर ५ गतेसम्म योजनाको अवधि रहेको जनाएको छ ।
ग्राहकले आकर्षक नगद छुटसहित स्क्र्याच कार्डमार्फत् थप १ लाख रुपैयाँसम्मको छुट पाउने जनाएको छ । बम्पर उपहार अन्तर्गत लक्की ड्रमार्फत् हुण्डाई अयुरा १ थान, हुण्डाई ग्राण्ड आइ १० निओस १ थान जित्न सक्ने कम्पनीले जनाएको छ ।
त्योसँगै ग्राहकले एक वर्षसम्म निःशुल्क बिमाको सुविधा पाउने भएको कम्पनीले जनाएको छ । कोरोना महामारीका बेला अग्रभागमा खटिएका स्वास्थ्यकर्मीलाई सम्मान स्वरूप विशेष प्याकेज दिने तयारी गरिएको छ ।
प्रालिको नेपालभरि १३ वटा शोरुम रहेका छन् भने १७ वटा सर्भिस सेण्टर रहेका छन् । हुण्डाई मोटर विश्वका ५ ठूला कम्पनीमध्ये एकमा पर्दछ । हुण्डाईका गाडीहरूमा ३ वर्षको वारेण्टी, ४ वर्ष निःशुल्क सर्भिसिङ र एक वर्षसम्म निःशुल्क सवारी कर भुक्तानी पाउनेछन् ।