ब्लाष्टखबर । तीन दिन देखी निरन्तर सुनकाे मुल्यमा गिरावट आएको छ । सोमबार प्रतितोला ९७ हजार २ सयमा कारोबार भएको छापावाला सुनको मूल्य बिहिबारसम्म आइपुग्दाँ ९३ हजार १ सयमा झरेकाे छ । त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय मा झरेकाे छ । 

मंगलबार तोलामा १ हजार ७ सय गिरावट आइ ९५ हजार ५ सयमा काराेबार भएकाेमा बुधबार पुन: १ हजार २सय ले तर झरेर प्रतितोला ९४ हजार ३ सयमा काराेबार भएकाे थियाे । आज पुन: तोलामा १ हजार २ सयले घटेर ९३ हजार १ सयमा काराेबार भएकाे पाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

महासंघका अनुसार आजका चाँदीको मूल्यमा पनि प्रतितोला ७० ले गिरावट आएको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार १ सय २० तोकिएको छ ।