विराटनगर । नेपाल औषधी व्यवस्था विभाग विराटनगर शाखा कार्यालयमा सेवाग्राहीलाई छिटो र छरितो तरिकाले सेवा पु¥याउने उद्देश्यले हेल्प डेक्स संचालनमा आएको छ ।

नेपाल औषधी व्यवसायी संघ मोरङ, झापा र सुनसरीले संयुक्त रूपमा बुधबार एक कार्यक्रम आयोजना गरि हेल्प डेक्स संचालनमा ल्याएका हुन् ।

हेल्प डेक्सको शुभराम्भ नेपाल औषधी व्यवस्था विभाग विराटनगरका प्रमुख संजिव शर्मा कट्टेटलले गरे । कार्यक्रममा बोल्दै उनले सेवाग्राहीलाई सहज रुपमा छिटो क्षरितो तरिकाले सेवा प्रभाह गर्दै आएको बताए । हेल्प डेक्स संचालनमा आएपछि सेवाग्राहीलाई थप सहज हुने उनको भनाई छ ।

यस अघि विभागमा नेपाल औषधी व्यवसायी संघ कोशी अञ्चल शाखाले हेल्प डेक्स राखेको थियो । लकडाउन सुरू भएयता बन्द भएपछि झापा, मोरङ र सुनसरीका औषधी व्यवसायीहरूले एक जना प्राविधिक राखेर संचालनमा ल्याएको नेपाल औषधी व्यवसायी संघ मोरङका उपाध्यक्ष तथा प्रवक्ता देशबन्धु ढकालले जानकारी दिए । हेल्प डेक्स संचालनमा आएपछि व्यवसायीहरूको अनलाइन फर्म देखि पसलको नविकरण र नयाँ पसल दर्ताको प्रक्रियामा सहजता प्रदान हुने उनले बताए । औषधी व्यवस्था विभाग विराटनगर शाखाबाट दैनिक ५० सय जना सेवाग्राहीलाई सेवा प्रदान गर्दै आएको छ ।

कार्यक्रममा नेपाल औषधी व्यवसायी संघ मोरङका अध्यक्ष लक्ष्मी तिम्सिना, झापा अध्यक्ष गौतम गुप्ता, सुनसरीको अध्यक्ष रबिन्द्र घिमिरे, कोशी अञ्चलका पूर्व अध्यक्ष तथा मोरङका सल्लकार लक्ष्मण माझी र तीन जिल्लाका पदाधिकारी र व्यवसायहीहरूको सहभागिता रहेको थियो ।