दश वडाहरूमा विभाजित केराबारी गाउ“पालिका मोरङको उत्तरीभेगमा रहेको गाउ“पालिका हो । यो गाउ“पालिकाको उत्तरमा धनकुटा रहेको छ भने पश्चिममा सुनसरी रहेको छ । त्यसैगरी पूर्वपट्टि लेटाङ नगरपालिका रहेको छ भने दक्षिणमा सुन्दरहरैंचा नगरपालिका रहेको छ । प्राकृतिक हिसाबले अत्यन्तै सुन्दर यो गाउ“पालिका पर्यटन विकासको राम्रो सम्भावना बोकेको पालिका हो । वरिपरि खोला र जङ्गलले घेरिएको हुनाले र प्रायः पहाडी भू–भाग भएको हुनाले विकास निर्माणमा केही समस्याहरू रहेका छन् । यसै विषयमा केराबारी गाउ“पालिकाका अध्यक्ष रोहितबहादुर कार्कीस“ग ब्लाष्ट संवाददाता विवेक मिश्रले गरेको कुराकानीको सम्पादित अंशः

केराबारी गाउँपालिकाले तपाईंको नेतृत्व पाएको तीन वर्ष पूरा भएको छ, तपाईंको नेतृत्वको जनप्रतिनिधिबाट केराबारीले के पाएको छ ?
–हामी चौथो वर्षमा चलिरहेका छौं । जनप्रतिनिधिहरू आइसकेपश्चात् टोल समितिहरू गठन भएर तल्लो तहबाटै योजनाहरू छान्ने, समस्याहरू बारे छलफल गर्ने र ती कतिपय योजनाहरू वडा तहबाटै सम्पन्न गर्ने अनि अरू चाहिँ पालिकास्तरमा र ठूला योजना प्रदेश सरकार हुँदै सङ्घीय सरकारसम्म योजना छनौट गरी पठाउने काम भइरहेको छ । हाल यस गाउँपालिकाका सबै वडामा शिक्षा, स्वास्थ्य, अन्य पूर्वाधारमा बाटो निर्माण, नदी कटान नियन्त्रण, सिंचाइका लागि पैनी निर्माणका कामहरू गाउँ–गाउँमा पुगेको छ । त्यसैगरी १० वटै वडामा स्वास्थ्य इकाईहरू निर्माण भएका छन् । ती इकाईहरूमा स्थानीय तहले नै कर्मचारी राखेर सञ्चालन गरेको छ ।

तपार्इंले यसअघिको अन्तरवार्तामा वडा कार्यालयका भवनहरु बन्ने क्रममा छ भन्नुभएके थियो, के कति बनिसके ?
–१० वडाहरूमा विभाजित केराबारी गाउँपालिका मोरङको उत्तरीभेगमा रहेको गाउँपालिका हो । वडानम्बर ७, ६, ९ र ४ नम्बरमा वडा कार्यालयको भवन बनिसकेको छ । त्यसैगरी ३ नम्बर वडा कार्यालयको लागि जग्गा प्राप्ति हुँदै छ । ३ र ८ मा कार्यालय बन्न बाँकी छ ।

कालोपत्रे सडकको अवस्था कस्तो छ ?
–बेलबारीको लालभित्तीको सिरानदेखि देवीझोडा जोड्ने साढे पाँच किलोमिटर सडक कालेपत्रे भएको छ । त्यसैगरी केराबारी बजारक्षेत्रको करिब अढाई किलोमिटर सडक ओभर ल्यापिङ गरेर कालोपत्रे गरिएको छ । डाँगीक्षेत्रको २२ सय मिटर, ५ नम्बर वडामा २ किलोमिटर कालोपत्रे भइसकेको छ । बजार क्षेत्रमा यो वर्ष सकिने गरी साढे पाँच किलोमिटर कालोपत्रे सडकको टेण्डर भएको छ । त्यसैगरी धरानसँग जोडिएको डाँगी–चोक्टी साढे चार किलोमिटर सडक पनि कालोपत्रेकै क्रममा छ, मङ्सिरसम्ममा सम्पन्न हुन्छ । त्यसैगरी अन्य थुप्रै सडक कालोपत्रेको प्रक्रियामा छन् ।

पर्यटकीय सम्भावना बोकेको केराबारी गाउ“पालिका पर्यटनको विषयमा के कस्ता कामहरू गर्दै छ ?
–हाम्रो गाउँपालिकामा रहेका जेफाले डाँडा, चोक थुम्की, चिरी ओख्रेतिर होम–स्टेहरू खोल्न सक्ने स्थानहरू छन् । त्यसलाई पहिचान गरी राज्यसँग जोड्ने काम हामीले गरिरहेकै छौँ । हामीले हाम्रो पालिका क्षेत्रभित्र रहेका पहिचान गरेका पर्यटकीय क्षेत्रहरूको पुनःनिर्माणका काममा लागिरहेका छौँ । जस्तैः जेफालेमा सिँढीहरू निर्माण गर्ने, शौचालय निर्माण गर्ने, बाटोमा पाटीहरू निर्माण गर्ने जस्ता काम गरेका छौँ । त्यस्तै पर्यटकहरूलाई शान्ति सुरक्षाको महसुस गराउन सक्नु, ती क्षेत्रहरूमा कम्तिमा प्राथमिक स्वास्थ्य सेवा पु¥याउन सक्नु हाम्रो दायित्वभित्र पर्ने भएकोले स्वास्थ्य र सुरक्षालाई विशेष ध्यान दिएका छौँ ।