ब्लाष्टखबर । मंगलबार सुनको मूल्य तोलामा १७ सयले घटेर छ । सोमबार ९७ हजार २ सयमा कारोबार भएकाे सुनकाे मुल्य मंगलबार ९५ हजार ५ सयमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

मंगलबार तेजावी सुनको प्रतितोला कारोबार मूल्य ९५ हजार तोकिएकाे छ । चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेर १३ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ।