इनरुवा । कोरोना संक्रमित इनरुवाको एक महिलाको धरानमा मृत्यु भएको छ ।

मृतक महिलाको घर इनरुवा नगरपालिकाको वडा नम्बर ४ भएको बताइएको छ । ४९वर्षिया महिला उच्च रक्तचाप, निमोनिया र मिर्गौला सम्वन्धि रोगबाट ग्रसित थिइन् ।

१५ दिन अघि उपचारकालागि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा स्वाब परीक्षणका क्रममा महिलामा कोरोना पुष्टि भएको थियो । त्यस पश्चात कोभिड अस्पतालमा सारेर उपचार भैरहेको अवस्थामा गएराती उनको मृत्यु भएको पारिवारिक सदस्यले बताएका छन् ।

मृतकको साेमबारै अन्तिम संस्कार गरिएको छ । कोभिड मापदण्ड अनुरुप मृतकको शव व्यवस्थापन गरिएको इनरुवा नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।