ब्लाष्टखबर। नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १ सय ५४ जनामा संक्रमण पुष्टि भएपछि हालसम्म जम्मा संक्रमितको संख्या ६५ हजार २ सय ७६  पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १ हजार ५ जना संक्रमित निको भएका छन् । मन्त्रालयका अनुसार अहिलेसम्म निको हुनेको संख्या ४७ हजार २ सय ३८ जना पुगेको छ। 

देशभर १७ हजार ६ सय ११ जना सङ्क्रमितको उपचार भइरहेको छ ।  पछिल्लो २४ घण्टामा १६ जना कोरोना संक्रमितकाे मृत्यु भएकाे छ । याेसंगै हालसम्म मृत्यु हुनेको संख्या ४२७ पुगेको छ।