धरान । ‘हिउँ चितुवा’ नाममा परिचित नेपाली पर्वतारोही आङ्रिता शेर्पाको सोमबार बिहान १० बजे निधन भएको छ ।

७२ वर्षीय शेर्पा काठमाडौं जोरपाटीस्थित आफ्नै निवासमा निधन भएको हो । सोलुखुम्बुको थमोका उनले सन् १९८३ देखि सगरमाथा आरोहण थालेका थिए । अक्सिजनबिनै १० पटकसम्म सगरमाथा आरोहण गरेर उनले कीर्तिमान कायम गरेका थिए । जसका कारण उनलाई हिउँ चितुवाको उपनाम दिइएको हो ।

सन् १९४८ मा जन्मिएका उनले अन्तिम पटक सन् १९९६ मा सगरमाथा आरोहण गरेका थिए । उनी कलेजाे र मस्तिष्क सम्बन्धी समस्याबाट गुज्रिदै अाएका थिए ।