ब्लाष्टखबर । धरान उपमहानगरपालिकाका नगर प्रमुख तिलक राईले ब्लाष्ट राष्ट्रिय दैनिकले धरानलाई चिनाउने काम गरेकाे बताएका छन् ।

ब्लाष्ट राष्ट्रिय दैनिककाे २६औँ वर्षीक उत्सवकाे अवसरमा शुभकामना दिदै साे कुरा बताएका हुन् । उनले ब्लाष्ट राष्ट्रिय दैनिक प्रदेश नं. १ कै लोकप्रिय पत्रिका धरानमा हुनु गौरवको कुरा रहेकाे बताएका छन् ।

नगर प्रमुख राईले धरानकाे विकासकाे लागि ब्लाष्ट सारथी बनेकाे बताउदै उनले भने ' नगर प्रमुखको हैसियतले वृद्धि र विकासको लागि शुभकामना दिन चाहन्छु । वृद्धि र विकासका लागि नगरले के गर्नुपर्छ, त्यसको लागि तत्पर रहेको कुरामा विश्वास दिलाउन चाहन्छु । हामी सँगसँगै ब्लाष्ट पनि आईरहेको छ।'

थाेरै मात्र पत्रपत्रीका प्रकासन हुने कठिन परिस्थितिबाट पूर्वमा आफ्नाे छुट्टै पहिचान बनाउन सफल भएकाे बताउँदै राईले ब्लाष्टले राष्ट्रियस्तरका पत्रकार उत्पादन गरेको बताएका छन् उन्ले भने ' ब्लाष्टले धेरैलाई पत्रकार बनायो । अहिले असङ्ख्य सञ्चारमाध्यम आए । स्थापनाकालदेखि नै सबै पक्षको लागि राम्रो काम गरेको छ ।' 

उनले ब्लाष्टले धरानलाई मात्र नभएर राष्ट्रलाई ठूलो योगदान दिएको बताउदै यसरी नै आगामी दिनमा पनि सत्य–तथ्य समाचार सम्प्रेषण गर्दै नगरवासीको चाहनालाई पूरा गर्नु पर्ने बताउदै आग्रह, पूर्वाग्रह र भेदभाव नगरी समाचार सम्प्रेषण गर्न आग्रह पनि रहेका छन् । 

साथै प्रमुख राईले ब्लाष्टलाई हेरेर अन्य मिडियाले पनि यही रूपमा आफूलाई उभ्याउन सक्नुपर्ने बताएका छन् । ब्लाष्टले कुनै पनि स्थान वा नगरपालिकामा हुनेगरेकाे गलत प्रवृतीकाे खबरदारी गर्दै राम्रो कुराहरू पनि सम्प्रेषण गर्न आग्रह गरेका छन् ।