ब्लाष्टखबर । नेपाल भारत संञ्चालन हुने रेल शुक्रबार नेपाल आइपुग्ने भएकाे छ । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका उक्त रेल सेट नेपाल ल्याउने तयारी भैरहेकाे रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिएका छन् ।

उनका अनुसार दुई देश बिचकाेसमझदारी अनुसार रेल नेपाल ल्याइने हुदाँ कानूनी समस्या आउनसक्ने सम्भावना भए पनि सकेसम्म सबै बाधा फुकाइएको बताएका छन् ।

भारतमा केही समय पहिले नै निर्माण भइसकेको उक्त रेल सेट ल्याउन भारत तर्फ समस्या अाएपनि नेपाल तर्फ कुनै समस्या नरहेकाे मिश्रले बताए छन् । 

रेल दशैँ–तिहारपछि सञ्चालनमा ल्याउने विभागले जनाएको छ ।