धरानमा ३२ सहित प्रदेश १ मा आज १३३ संक्रमित थपिए

alt
  • भदौ ३१, २०७७
  • ब्लाष्ट खबर

विराटनगर । प्रदेश १ मा आज १ सय ३३ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ६९, मोरङमा ३४, झापामा २०, भोजपुरमा ५, उदयपुर र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको धरानमा १० महिला २२ पुरुष, इटहरीमा ७ महिला १९ पुरुष, गढी र कोशी गाउँपालिकामा ४–४ पुरुष, भोक्राहानरसिंहमा २ पुरुष, बराहक्षेत्रमा १ महिलाको रिपोर्ट पोजेटिभ आएको छ ।

मोरङको विराटनगरमा ९ महिला १९ पुरुष, धनपालथानमा २ पुरुष, बेलबारीमा १ महिला १ पुरुष, कटहरीमा १ महिला र सुनबर्षीमा १ पुरुषमा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता झापाको दमकमा १ महिला ७ पुरुष, भद्रपुरमा २ महिला ४ पुरुष, बार्हदशीमा २ महिला ३ पुरुष, मेची नगरमा १ पुरुष, भोजपुरमा ५ पुरुष, उदयपुरमा १ महिला, धनकुटामा १ महिला र प्रदेश १ बाहिरका ३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ हजार १ सय पुगेको छ ।

प्रदेश १ मा ५२ जना डिस्चार्ज भएका छन् । होटल एशियाटिक आईसोलेसन विराटनगरबाट २१, मारवाडी सेवा सदन आईसोलेसन केन्द्र, विराटनगरबाट ९, बैजनाथपुर आईसोलेसन, विराटनगरबाट ७, पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पताल, गोगठाउँबाट ४,  जिल्ला अस्पताल धनकुटा र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ५–५ र कालि सदन आईसोलेसन विराटनगरबाट १ जना डिस्चार्ज भएका छन् ।

प्रदेश १ मा डिचार्ज हुनेका संख्या २ हजार १९४ पुगेको छ । प्रदेश १ मा आज १ हजार २७३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३६ महिला र ९७ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा हाल सम्म १ लाख १२ हजार ६३ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

खोलाले बगाएर एक महिल ...

उदयपुर/ उदयपुर रौतामाई-२ स्थितमा बस्ने ५५ बर्षीया लुङगे ...

धरानमा १३ जनामा कोरो ...

धरान/ धरान उपमहानगरपालिकाका कर्मचारी, प्रधानाध्यापक र प ...

विकास, समृद्धि र सुश ...

सन् १९८५ मा भएको अन्तर्राष्ट्रिय युवा भेलाले १५ देखि २४ ...

पहिरोबाट दुई घर विस् ...

धनकुटा/ धनकुटा नगरपालिका वडा नं. ६ फोक्ल्याण्ड टापुमा भ ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved